काठमाडौँ । बिहीबार विपक्षीदलहरुको अबरोधका कारण प्रतिनिधिसभा बैठक बस्न नसक्दा आज शुक्रबारका लागि सरेको हो । आज बिहान ११ बजेका लागि तय भएको बैठकमा पनि विपक्षी दलहरुले अवरोध गर्ने आंशका कायमै रहेको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलले विरोध गरिरहेका छन् ।
उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरिरहेका छन् भने प्रधानमन्त्री ओली जवाफ नदिने पक्षमा रहेका छन् । जसका कारण संसद प्रभावित बनेको हो ।
आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने लगायतका कार्यसूची रहेको छ ।