काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्यले पदभार सम्हालिसकेका छन् । सोही प्रकणमा घिसिङले दिएको मुद्दामा सर्वोच्चले आजका लागि पेसी तोकेको हो ।
घिसिङले सरकारले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गरेका छन् । उनले आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि माग गरेका छन् ।