काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दुई वटा ठूला प्रदर्शन हुने भएपछि नेपालमा रहेको अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ ।
दूतावासले जारी गरेको ट्राभल एडभाइजरी अनुसार प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको यातायातमा अवरोध आउन सक्ने भन्दै काठमाडौँमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त ठाउँबाट टाढा रहन आग्रह गरेको छ ।