काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।

आज बिहानैदुखि गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । जसका कारण सडकमा सवारी साधन गुड्न दिइएको छैन ।

यस्तै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित पनि देखिएको छ । ट्राफिक प्रहरीहरु सवारी आवागमन व्यवस्थित बनाउने प्रयासमा खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संवेदनशील क्षेत्रमा ब्यारिकेड राखेका छन् ।सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
