काठमाडौं । दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादीहरूको आन्दोलन हिंसात्मक भएको छ।
निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि तीनकुने क्षेत्रमा प्रहरीले बल प्रयोग गरेको हो ।
राजावादीको आन्दोलनमा सहभागीहरू नयाँबानेश्वर क्षेत्रतिर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।प्रहरीले पनि बल प्रयोग गर्दै अश्रुग्यास, लाठी र पानीको फोहोरा हानेको छ।
अहिले तीनकुने क्षेत्र झडपका कारण रणमैदान जस्तै बनेको छ। प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरू तीनकुनेको चौरमा बनाइएको मञ्चबाट भागभाग भएका छन् ।