काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ ।
प्रसाईँले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी घृणास्पद अभिव्यक्ति दिएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएका हुन् ।उक्त उजुरी शुक्रबार व्युरोमा दर्ता पनि भइसकेको छ ।