काठमाडौं । राजतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले कोटेश्वरको भाटभटेनीमा प्रवेश गरेर तोडफोड गरेका छन् । दिउँसो प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।
कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।