काठमाडौं । राजसंस्था पुनस्थापना लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीलाई चुनौती दिँदै आफू जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् । शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।
तर, प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका छन् । तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईंको खोजी थालेको छ । प्रसाईं भने आन्दोलनले चर्को रुप लिन थालेपछि प्रहरीलाई नै पेल्दै गाडी चलाएर भागेका थिए ।