काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । शनिबार उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ को बराबरी खेलेका हुन्।