काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएका हुन् । यद्यपि राजीनामा स्वीकृत भने भइसकेको छैन ।
गत वर्ष फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाले बराललाई उपकुलपति नियुक्त गरेको थियो। अहिले आएर उनले स्वास्थ्य लगायतका कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।