काठमाडौँ । चैत १५ गते काठमाडौँमा भएको राजावादीको प्रदर्शनमा गैरकानुनी आपराधिक गर्नेलाई प्रहरीले खोज्न थालेको छ ।
प्रहरीले सो प्रदर्शनमा निजी सम्पत्ति, तोडफोड,लुटपाट एवं गैर कानुनी आपराधिकमा संलग्न व्यक्रिहरुका फोटो,भिडियो,संलग्न व्यक्तिको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्रहरीले अनुसन्धानको प्रमाण संकलनकन लागि प्रहरीले सो अनुरोध गरेको हो ।
राजावादीको प्रदर्शनका कारण काठमाडौँको तीनकुने,कोटेश्वर,सिनामंगल,जडिबुटी लगायतका विभिन्न क्षेत्रहरूमा क्षति गरेको थियो।प्रहरीले सूचना र सूचनाकतार्मको गोपनियता कायमै राख्ने जनाउदै अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको छ । राजावादीको प्रदर्शनकै कारण तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु समेत भएको थियो ।
यस्तै पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड तथा आगजनी भएको थियो ।
