काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिए ।
मिश्रसहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट हतकडी लगाएरै म्याद थप्न सरकारी वकिलको कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको थियो । थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको थियो ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा चलाउने गरी म्याद लिन अदालत लगिएको थियो।