काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका ४१ जनामाथि प्रहरीले थप अनुसन्धान गर्न म्याद थप गरेको छ।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। चैत १५ गतेदेखि नै मानिसहरू पक्राउ परेकाले त्यस दिनदेखि गन्ती गरी ५ दिनको अनुमति दिइएको हो।
काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले ४१ जनाविरूद्ध दुइटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाउने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणासहित ११ जनालाई राजद्रोह र संगठित अपराधमा अनुसन्धान गर्ने भएको हो।



