काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय भित्र नै शौचालय राम्रो व्यवस्थापन नभएको पाइएको छ । एक जना सेवाग्राहीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै महानगरपालिका प्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
शौचालय भित्र रहेको हात धुने धाराको टुटी नै बिग्रेको र अर्को फोहोरले हात धुन नसक्ने अवस्थामा रहेको देखिएको छ । धारामा टुटी नै बिग्रेकोले हात धुन समस्या देखिएकोले सो समस्या समाधान हुनुपर्ने सेवाग्राहीको माग छ । शौचालयमा गइसकेपछि हात धुनु पर्ने भएता पनि त्यहाँ भने त्यो हात धुने वातावरण नदेखिएको पाइएको छ ।