काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति भएको मतदानको नतिजा अनुसार गिरीले ३६६ मत ल्याएर विजयी भए ।
गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए । रावल उपाध्यक्ष थिए ।सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप बर्देवाले १११ मत पाए । संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा दीपेन्द्र शर्माले १४५ मत पाए ।
उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए ।उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल १६५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बोमलाल गिरीले १५६ मत पाए ।खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भए । सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएका छन् ।



