धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ।
सुदूरपश्चिम सरकारले प्रदेश मातहतमा रहेको अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको हो।सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
'सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,' सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ। मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ।