काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा हटाएर गल्ती भएको बताएका हुन् ।
‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौँ,’ उनले भने, ‘सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौँ । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा किन जवाफ दिनुभयो।’