काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्किएका छन् । उनको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताए । लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।
सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ ।
लामिछानेको सभापत्विमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै, पार्टीको आन्तरिक रणनीति, लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण अभियान देखि महाधिवेशनको तयारीका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।