काठमाडौँ । अस्ट्रेलियामा 'आनन्द कार्की सुमधुर साँझ' हुने भएको छ । पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको 'आनन्द कार्की सुमधुर साँझ'बार्दली फङ्सन सेन्टर, मेरिल्यान्डमा २८ चैतमा हुनेछ ।
साँझ साढे ६ बजेबाट सुरु हुने सांगीतिक साँझमा आनन्द कार्कीले आफ्ना चर्चित सुमधुर गीतहरू गाएर दर्शकलाई झुमाउनेछन् । कार्यक्रममा अस्ट्रेलियामा बस्दै आएकी गायिका प्रिति घिमिरेले पनि आफ्नो प्रस्तुति दिनेछिन् ।
गाला डिनरसहितको यो सांगीतिक कार्यक्रमका लागि ५५ अस्ट्रेलियन डलरको टिकट तोकिएको छ । साँझमा कार्कीले करिब २ घण्टा लामो सांगीतिक प्रस्तुति दिने जानकारी आयोजक संस्था पाल्पा इन्टरटेन्मेन्टले दिएको छ ।पाल्पा इन्टरटेन्मेन्ट अस्ट्रेलियामा नेपाली सांगीतिक तथा सिनेमा गतिविधिमा सक्रिय रहँदै आएको छ ।