काठमाडौं । काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा तोकेको जरिवाना तिर्न राजावादीहरूले सामाजिक सञ्जालबाट रकम सङ्कलन गरेका छन् । राजावादी समर्थक रमेशराज बास्तोलाले सोमबार बेलुकासम्म महानगरपालिकालाई तिर्ने रकम सङ्कलन भएको जानकारी दिएका हुन् ।
गत शुक्रबार राजधानीमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा फोहोर मैला गरेको र दमकलमा क्षति पुर्याएको भन्दै महानगरले ज्ञानेन्द्र शाहको नाममा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
आइतबार जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीले भित्र प्रवेश गर्न नपाएपछि हुलाकबाटै उक्त पत्र पठाइएको थियो ।अब भने आन्दोलनका लागि जसले अनुमति लिएको थियो उसैको नाममा पत्र काट्नुपर्ने उनीहरूको माग छ । त्यसपछि राजावादी समर्थकले महानगरलाई जरिवाना तिरिदिने उनले पोस्टमा उल्लेख गरेका छन् ।