काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।