काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले सभामा १० पटक वा त्योभन्दा धेरै पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका हुन्।
धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । उनिसहित सात जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित भए । सबैभन्दा धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन् । शेरचन २७ बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी गराए ।
सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्यहरू लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् । संसदमा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र कोही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे ।
प्रतिनिधिसभाको आजको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ । गएको माघ १८ गतेदेखि शुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको हो ।