काठमाडौं । नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै भोलि चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेको हो।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा चैत २५ गतेबाट देशभरको सबै विद्यालय बन्द गरी आन्दोलनमा सहभागी हुन सबै शिक्षकहरूलाई आह्वान गरिएको छ।
यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि शैक्षिक गतिविधि नगर्न आग्रह समेत गरिएको छ।महासंघले यसलाई अन्तिम र निर्णायक आन्दोलन समेत भनेको छ। जसका कारण एसईईका उत्तर पुस्तिका समेत परीक्षण नहुने भएकाले नतिजा प्रकाशनमा समेत असर पर्नेछ ।
