काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।
जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ७० रुपैयाँ कायम थियो ।