काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि वैदेशिक यात्रामा जाने युवा विद्यार्थीको सहजताका लागि पोखरा ४ सिद्धार्थ चोकमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसको ७ औँ शाखा सञ्चालनमा आएको छ ।
आइतबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देव कृष्ण पराजुलीले उद्घाटन गरेका हुन् । सन् २०२२ मा अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना गरेको क्लाउड एजुकेशनले गुणस्तरीय, छिटो र विश्वसनीय भिसा प्रक्रिया प्रदान गर्न पोखरामा ७ औँ शाखाको शुभारम्भ गरेको हो ।
७ औँ शाखाको उद्घाटन गर्दै वडाध्यक्ष पराजुलीले पोखरामा पनि यस्ता संस्थाहरू थुप्रै रहेकाले तिनीहरूको भन्दा केही फरक पन यसले ल्याई विश्वसनीय र सर्वसुलभ काम गर्नेमा आफू विश्वस्त रहेको बताए । यस्तै उनले विद्यार्थीहरुलाइ ठुला ठुला प्रलोभन नदेखाई अनुसार कार्य सम्पादनलाई उत्कृष्ट बनाउन आग्रह गरे ।
क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसका सिड्नी प्रमुख सक्षम सुवेदीले पाकिस्तान, अस्ट्रेलिया,फिलिपिन्स,युएई लगायतका देशमा पनि यसको कार्यालयहरू रहेको बताउँदै नेपालका काठमाडौँमा केन्द्रीय कार्यालयसहित चितवन, इटहरी, बाग्लुङ, बिर्तामोड र बुटवलमा शाखा सञ्चालनमा रहेको बताए ।
अस्ट्रेलिया, युके, यूएसए लगायतका देशमा विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको उनले बताए । आजबाट शुभारम्भमा आएको पोखरा शाखाले विद्यार्थीहरूलाई गुणस्तरीय र क्षमतावान् बनाएर मात्र पठाउने भएकाले आम सम्पूर्ण विद्यार्थीहरूको रोजाइमा पर्न सफल हुनेमा कुनै शङ्का नरहेको पोखरा शाखाका निर्देशक निर्मल थापा र सुनिल खत्रीले बताए । यस्तै उद्घाटन कार्यक्रममा क्लाउड एजुकेशन ग्रुपका ग्लोवल प्रमुख अनिष गौतम,क्लाउड एजुकेशन चाविल काठमाडौँका निर्देशक प्रकाश गौतमको समेत उपस्थिती रहेको थियो ।