काठमाडौं । काठमाडौँमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन् । शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् । चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ ।
विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन शिक्षकहरुले आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन विरोध स्वरुप उनीहरुले र्यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन् । उनीहरुले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।
सरकारले वार्ताका लागि पटक पटक आह्वान गरेको छ । तर, शिक्षकहरू वार्ता भन्दा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान लिँदै आएका छन्।