काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार ललितपुर महानगरपालिका(१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालमा रहेको विविधतापूर्ण संस्कृति र प्रकृति विश्वभर प्रचार गर्नु आजको आवश्यकता भएको बताए ।
मन्त्री पाण्डेले हिमालदेखि तराईसम्म फैलिएको भूगोल, विभिन्न जातजाति र भाषाभाषिको सांस्कृतिक विविधता, साथै चाडपर्व, भेषभूषा र परिकार लगायतका अभौतिक सम्पदाहरूलाई जोगाउँदै सार्वजनिक चेतना र भूमिकाको खाँचो रहेको बताए ।