काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्राधिकरणमा कुलमानको पुनर्बहालीको माग गरेका छन् ।
घिसिङले देशको ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुनः जिम्मेवारीमा फर्काउन प्रदर्शनकारीहरूले सरकारसँग माग गरेका हुन् । कतिपयले कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन माग गरिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।सरकारले घिसिङलाई हालै मात्र कार्यकारी निर्देशक पदबाट हटाएको थियो ।