काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् ।
पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो ।चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष मनोनीत गरिएको जनाएको छ । दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुने गरेका थिए ।