काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको चर्को बिरोध गरिरहेका छन् ।
आज सोमबार फेरि सामाजिक संजालमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने बताएका छन् ।
उनले कसैसंग नडराई रवि लामिछानेको नामको ब्रान्डिङमा अघि बढेर पार्टी स्थापना गरेको तर लामिछाने उक्त पार्टीलाई क्लब बनाएको आरोप लगाएका छन् । यस्तै उनले अब लामिछाने वर्षौँका जेल गएको र अब क्लवबाट पार्टी बनाउनुपर्ने बताए । यस्तै अब रवि लामिछानेलाई पनि बिर्सनु पर्ने बताएका छन् ।