काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पठाएको महानगरकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो । बालेनले समिति गठन गरि अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।