काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर अब विभागीय टोली एपिएफ फुटबल क्लबबाट खेल्ने भएकी छन् । उनी ९ वर्षको त्रिभुवन आर्मी क्लब बसाइपछि नयाँ सिजनका लागि एपिएफमा अनुबन्धित भएकी हुन् ।
रौतहटबाट खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी अन्जनाले उमेर समूहमा कप्तानी समेत गरिसकेकी छिन्। करिअरमा थप उचाइ हासिल गर्ने लक्ष्यसहित उनले एपिएफ रोजेकी हुन् ।