काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीसम्बद्ध नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।
गोर्खा मिडिया नेट्वर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछानेलाई उच्चअदालत तुलसीपुर बुटवल इजलासबाट थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरी उनलाई हाल भैरहवा कारागार चलान गरिएको छ । कारागारबाट लामिछानेले पार्टी नेता, कार्यकर्ताका नाममा सन्देश प्रवाह गरेको उनको सचिवालयले जनाएको छ। लामिछानेले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन दलसम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
- अदालतको आदेशको सम्मान छ। कानूनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।
- न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।
- पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्याउनुस्।
- अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।