काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सोमबार सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।
छलफलमा थप गृहकार्य गरी वार्ताको माध्यमबाट शिक्षकका समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।