काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११:३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
प्रदेश सभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ। त्यसैगरी प्रधानन्त्री ओलीले सिरहा सदरमुकाममै रहेको सूर्यनारायण सत्यनारायणा मरवेत्ता यादव क्याम्पसमा आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ।