धनगढी। पछिल्लो समय कैलालीको धनगढी उप-महानगरपालिका फूलै फूलले रङ्गिँदै गइरहेको छ ।वसन्त रितुको आगमन सँगै धनगढी उप-महानगरपालिकाले सडकमा लगाएका फूलहरू फूले सँगै धनगढी फूलै फूलले रङ्गिँदै गइरहेको हो ।

विशेष गरी धनगढी उपमहानगरपालिकाले ६ लेन सडक, धनगढी उप-महानगरपालिका वडा नम्बर १३ एयरपोर्ट सडक खण्ड र धनगढी उप-महानगरपालिका वडा नम्बर १ पार्क मोड अगाडि कबड हलको नजिक सडकमा लगाएका बिरुवामा फूलहरू फूलेसङै धनगढी उपमहानगरपालिकाको मुहार रङ्गिन देखिन थालेको छ ।

अहिले तीनै फूलहरुमा भिडिओ, टिकटक बनाउनेहरुको समेत घुँईचो लाग्ने गरेको छ ।




