काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जनप्रदर्शनका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको छ। राप्रपाले व्यवस्था उल्टाउने भन्दै काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिएको हो।
केहीबेरमा राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ । विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरीका पाँच हजार र सशस्त्र प्रहरीका एक हजार पाँच सय सुरक्षाकर्मी रहने जनाइएको छ । सभामा सहभागी हुन कालीमाटी, सानेपा, कलंकीदेखि नाराजुलुससहित कार्यकर्ता सभास्थल बल्खु पुग्नेछन् । उक्त क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले अन्यत्र डाइभर्ट गरेको छ ।
सम्भावित दुर्घटना हुन नदिन प्रहरीले आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठुला भवनआसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै प्रकारका घुसपैठ रोक्ने र शान्तिपूर्ण प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।