काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रेलको कुरा गर्दा मजाक उडाएको गुनासो गरेका छन् । तर, आफैले टिकट काटेर जनकपुरमा रेल चढेको र विरोधीलाई फ्रीमा चढाउने उनले बताए ।
मंगलबार मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले बाचा गरेअनुसार जनकपुरमा रेल सञ्चालनमा ल्याएको बताएका हुन् ।
‘मैले रेलको कुरा गर्दा मजाक उडाए, म आफू टिकट काटेर, विरोध गर्नेलाई पैसा तिरेर भए पनि कुदाइदिन्छु भनेको कोही आएन,’ ओलीले भने, ‘आत्मविश्वास छैन भने कही गर्न सकिँदैन, गर्न खोजे सकिन्छ ।’