काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार भोलि ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । आगामी पार्टीको कार्ययोजना तयार पार्नका लागि रास्वपा सचिवालय बैठक बोलाइएको पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बताए ।
अर्यालका अनुसार भोलिको सचिवालय बैठकमा आगामी वैशाखमा हुने महाधिवेशनको विषयमा छलफल हुने छ । यस्तै रास्वपाले गर्ने लागेको ‘जनयात्रा’ को विषयमा पनि छलफल हुने अर्यालको भनाइ छ । नेताहरूका अनुसार भोलि सचिवालय बैठक बसेर केन्द्रीय समिति बैठक डाक्ने सम्भावना पनि छ ।