काठमाडौँ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ अष्ट्रेलियामा पनि दुई वटा सो पदर्शन गरिएको छ ।अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित यो फिल्म नेपालमा गत फागुन २ गते रिलिज भएको थियो ।
अप्रिल ६ तारिक रिडिङ सिनेमाजमा र आज मंगलबार इभेन्ट सिनेमाजमा फिल्म ‘रंगी’ को सो लागेको हो । अष्ट्रेलियामा दर्शकको उत्साह निकै बढेको र दुवै सो हाउसफूल भएको थियो । यस्तै उक्त सोहरूमा चलचित्र निर्देशक शोभित बस्नेत, कलाकार आनन्द कार्की , गायक मानस राजको पनि उपस्थिति रहेको थियो ।
दर्शकहरूको राम्रो प्रतिक्रिया पाएकोले आगामी सोहरु पनि थप गर्न प्रतिबद्ध रहेको चलचित्र निर्देशक बस्नेतले बताए । यस्तै उनले अरू केहि सो अस्ट्रेलियाका बिभिन्न सहरहरूमा पनि आउने बताए । भिडियोमा फिल्मका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।