काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।
आज राप्रपाले बल्खुमा आयोजना गरेको सभापछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले कार्यक्रम सकिएपछि सडक सफा गरेका थिए । कार्यक्रम स्थलको सरसफाइ गरेपछि महानगरका मेयर शाहले राप्रपालाई धन्यवाद दिएका हुन्।
उनले कसैले फोहोर गर्लान् र जरीवाना तिराउँला भनेर महानगर बसेको नहुने बताएका छन् ।कार्यक्रमको अन्तिममा लिङ्देनले बालेनलाई लक्षित गर्दै धेरै हिरो भएर पत्र काट्ने नबसे हुन्छ भन्दै आग्रह गरेका थिए ।