काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । आज पोखराले चौथो र धनगढीले तेस्रो खेल खेल्न लागेका हुन् ।यसअघिका खेलमा पोखराले एकमा जित र दुईमा हारसहित ३ अंक बनाएको छ भने धनगढीले एकमा जित र एकमा बराबरीसहित ४ अंक जोडेको छ ।
जारी लिगमा पोखरा थन्डर्स, धनगढी एफसी, एफसी चितवन, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी छन् ।