धनगढी । भीषण आगलागीबाट प्रभावित अछाम जयगढका लागि स्थानीय तथा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ भने बान्नीगढी जयगढ गाउँपालिकाले ६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बुधबार मुख्यमन्त्री कमल बहादुर शाहले तत्कालको लागि ५० लाख रुपैयाँ अछामको बान्निगढी जयगढ गाउँपालिकालाई प्रदेश विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने जानकारी दिए ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट विस्थापित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
हिजो साँझदेखि लागि जयगढ बजारमा लागेको आगलागीबाट २७ वटा घर जलेका छन् । ३० घर प्रभावित भएका छन् भने सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।