काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कुवेतलाई पराजित गरेको छ । आफ्नो दोस्रो खेलमा बिहीबार कुवेतलाई ६ विकेटले पराजित गएको हो ।
नेपालले कुवेतविरुद्धको जितका लागि १८६ रनको लक्ष्य पाएको थियो । नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।
कुवेतविरुद्ध विहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । नेपालको २ खेलमा ४ अंक हुँदा कुवेतको २ अंक छ । कतार र हङकङले खाता खोल्न प्रतिस्पर्धा गर्दैछन् ।