धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएकोमा १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।
१२ मध्ये सात क्याम्पसमा जित हासिल गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ भने अनेरास्ववियुले पाँच क्याम्पसमा जित निकालेको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन ।
- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया -भुवन महरा (नेविसंघ)
- जगन्नाथ बहुमुखी क्याम्पस बैतडी -रोशन भट्ट (नेविसंघ)
- मणिलेक क्याम्पस बैतडी -मनोजदत्त ओझा (नेविसंघ)
- त्रिवेणी बहुमुखी क्याम्पस डडेल्धुरा -प्रकाश अवस्थी (नेविसंघ)
- दार्चुला बहुमुखी क्याम्पस दार्चुला -प्रकाश बडू (नेविसंघ)
- सीताराम बहुमुखी क्याम्पस डोटी - उमेश बलायर (नेविसंघ)
- बडीमालिका क्याम्पस बाजुरा -सविन रावत (नेविसंघ)
- जयपृथ्वी क्याम्पसमा बझाङ - तिलकचन्द्र बोहरा (अनेरास्ववियु)
- पाटन बहुमुखी क्याम्पस बैतडी -सञ्जय भण्डारी (अनेरास्ववियु)
- जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पस डोटी -सुरत बोहरा (अनेरास्ववियु)
- गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला -सुनिल डागा (अनेरास्ववियु)
- बाजुरा क्याम्पस बाजुरा -लक्ष्मण रोकाया (अनेरास्ववियु)
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । बुधबार नै मतदान भइसकेका कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा भने मतगणना सुरु हुन सकेको छैन ।