काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्ने बताएका छन् ।
बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।
‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौँ ,त्यो गर्यौँ भन्ने होइन कि जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरू हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरूलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ।’ उनले भने ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार गरिएको पनि उनले बताए ।