काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार आएको अन्तिम मतपरिणाम अनुसार उनी प्रत्यासी रमणकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत प्राप्त गरे भने श्रेष्ठ २ हजार ६२१ मा समेटिए । महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भएका छन् ।
यसैगरी उपाध्यक्षमा (कोशी) पदम प्रसाद लिम्बू, उपाध्यक्ष (मधेश) अजय शंकर झा, उपाध्यक्ष (बागमती) जेबहादुर रावल, उपाध्यक्ष (गण्डकी) भूपेन्द्र खनाल, उपाध्यक्ष (लुम्बिनी) कृष्ण प्रसाद पोख्रेल, उपाध्यक्ष (कर्णाली) विवसकुमार बस्नेत र उपाध्यक्ष (सुदूरपश्चिम) सिद्धराज ओझा निर्वाचित भएका छन् ।