काठमाडौं । नेपाल बार एशोसियशनको नवनिर्वाचित अध्यक्ष विजय मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिस्पर्धी रमण श्रेष्ठलाई अत्यधिक मतले पराजित गरेर विजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन् ।
उनले ‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।