काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले माग गरेको छ ।
चैत २१ गते पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न संगठनहरुले माग गरेका छन् । यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।
महानगरका प्रमुख बालेन्द्र शाह बालेन र प्रमुख प्रशासकीय अधिकृतबिचको विवादका कारण कार्यालयमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीहरुले चार महिनादेखि तलब समेत पाउन सकेका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ कार्यालयमा हाजिर हुन आउँदा प्रहरी बलका प्रमुख पाण्डेको नेतृत्वयमा खटिएको प्रहरीले अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना घटाएको भन्दै उनको कारबाहीको माग गरिएको हो ।


