काठमाडौं । गत चैत १५ गते तीनकुने भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा हुँदै नेपाल ल्याइँदै छ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।